फूलबारी क्लब पोखराको गहना हाे: वडाध्यक्ष प्रेमप्रसाद
पाेखरा | साउन १४, २०८०

पोखरा: पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले फूलबारी क्लब पोखराको गहना भएको बताएका छन् ।
क्लबको ३२ औं वार्षिकोत्सव उद्घाटन गर्दै अध्यक्ष कर्माचार्यले स्थानीयरुपमा संस्कार, धर्म, संस्कृति, वातावरण, कला र सीप, खेलकुद, स्वास्थ्य लगातय क्षेत्रमा गर्दै आएको कामको मुल्यांकन गर्दै पोखराको गहना भएको बताएका हुन् । सामाजिक विकृति र विसंगतिलाई हटाई सक्षम, सरल र समृद्ध समाज निर्माणमा वडाबाट पूर्ण सहयोग हुने बताउँदै वडा भित्रका आर्थिक क्रियाकलापलाई करमा जोड्न आग्रह गरे । मन, बचन, कर्म र धन पनि खर्च गर्न सक्ने नेतृत्वले संस्था र क्षेत्रको परिवर्तन गर्न सक्नेमा उनको जोड थियो ।
कार्यक्रममा पोखरा ११ का निवर्तमान वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले फूलबारी क्लबलाई अन्तर्राष्ट्रियरुपमा ब्राण्डिङ गर्नु पर्ने समय आएको बताए । पैसा वचत गर्नु भन्दा पनि क्लबलाई राष्ट्रियरुपमा परिचित बनाउन नयाँ नेतृत्वले नयाँ काम गर्नु पर्ने बताए । सभामा क्लबका सल्लाहकार दामोदर बास्तोला, शारदादेवी बास्तोला, सञ्जयकिश्वर बास्तोला, पोखरा ११ वा निर्वाचित वडा सदस्य सुशील बास्तोला, फूलबारी ओमकार भजन समूहका अध्यक्ष दीपक पौडेल र कास्की जिल्ला टेवल टेनिस संघका सदस्य दीपक भण्डारी लगातयले बोलेका थिए ।
क्लबले संस्थालाई सहयोग गरेको भन्दै समाजसेवी धर्मराज आचार्य र पत्रकार केदार धमलालाई प्रशंसापत्रले सम्मान गरेको छ । दोसल्ला, करुवा र प्रशंसापत्रले सम्मान गरेको क्लबका सचिव जनार्दन बास्तोलाले जानकारी दिए । क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जनार्दन बास्तोलाले गरेका थिए भने स्वागत मन्तव्य क्लबका उपाध्यक्ष मनोज बास्तोलाले दिएका थिए ।
वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजना गरेको टेवल टेनिस खेल प्रतियोगिताका विजेता ट्रफी र प्रमाणपत्रले पुरस्कृत भएका थिए । क्लबको आगामी २ वर्षे कार्यकालकोलागि अध्यक्षमा मनोज बास्तोला, उपाध्यक्षमा जनार्दन बास्तोला, सविचमा युवराज बास्तोला, कोषाध्यक्षमा सावित्री पौडेल र सहसचिवमा कपिल बास्तोला सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक शिवकुमार अधिकारीले जानकारी दिए । क्लबको सदस्यहरुमा सुमन बास्तोला, सन्तोष भण्डारी, सविना बास्तोला, शिवराज पौडेल, अनन्तराज आचार्य र अन्जु ताम्राकार पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबका नवनिर्वाचित अध्यक्ष मनोज बास्तोलाले सवै वर्ग, क्षेत्र, पिछडिएका तथा अल्पसंख्यक समूदायलाई उचित स्थान दिँदै क्लबका पूर्व अध्यक्ष तथा वुद्धिजीविहरुको सल्लाह र सुझाव अनुरुप संस्थालाई अघि बढाउने योजना रहेको बताएका थिए ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...