उद्घाटन खेल जित्दै आयोजक ‘हेमजा गोल्डकप’को सेमिफाइनलमा
पाेखरा | असार ४, २०७९

पोखरा: पोखरामा आज (शनिबार) देखि सुरु भएको छैटौं हेमजा गोल्डकपको उद्घाटन खेलमा जित निकाल्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेमजा युनाइटेड क्लबको आयोजनामा पोखरा महानगरपालिका २५ हेम्जास्थित गौरी शंकर खेल मैदानमा आज भएको उदघाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।
आयोजक टोली हेमजाको जितमा सुमन अर्यालले २ र कमल थापामगरले १ गोलको योगदान दिए । भने वीरगञ्जका लागि कृप चौधरीले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट हेमजा युनाइटेडका सुमन अर्याल म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
खेलको ११ औं मिनेटमै सुमन अर्यालले गोल गर्दै आयोजक टोलीले अग्रता दिलाए । हेमजाले दबदबा राखेको खेलको ३६ औं मिनेटमा कमल थापामगरको गोलले अग्रताले दोब्बर बनायो । दोस्रो हाफको तेस्रो मिनेटमै सुमन अर्यालले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे र टिमलाई ३–० को अन्तर बनाइदिए ।
३ गोलले पछि परेको वीरगञ्जका लागि ८८ औं मिनेटमा कृप चौधरीले सान्त्वना गोल फर्काएका थिए । अब हेमजा युनाइटेडले सेमिफाईनलमा खुमलटार एफसी र बाग्मती एफसी बिचको विजेता टोलीसँग आगामी ८ गते खेल्नेछ ।
असार ११ गतेसम्म सञ्चालन हुने ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए ।
सो अवसरमा बोल्दै हेमजामा खेल पुर्वाधार विकासका लागि आवश्यक पहल गर्ने धारणा राखे । पोखरामा रगंशाला भन्दा बाहिरपनि ठुला प्रतियोगिता सम्भव भएको सन्देश शुभकामना गोल्डकपले दिएको बताउदै गोल्डकपलाई निरन्तरता दिन समेत आग्रह गरे ।
आगामी दिनमा उक्त प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजानका निम्ति महानगरले सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
उक्त प्रतियोगितामा नेपाल एपिएफ क्लब, चर्च व्याइज, अफ्रिकन टोली क्यामरुन, खुमलटार क्लब, कालिका स्पोर्ट्स चितवन, बाग्मती युवा क्लब, वीरगञ्ज युनाइटेड र आयोजक टिम हेम्जा युनाइटेडको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हेम्जामा क्लबले सञ्चालन गर्दै आएको फुटबल एकेडेमी संचालनार्थ प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...