बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न एक जना पक्राउ
काठमाडाैं | साउन १७, २०८०
रौतहटमा बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
गौर नगरपालिका-३ पोखरिया टोलस्थित मस्जिद छेउमा रहेको बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी छन्।
उनीसहित केही व्यक्तिहरूले सोही ठाउँका प्रिन्स अन्सारीलाई गत आइतबार बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
यसरी सामाजिक सञ्जालमा बाहिरिएपछि प्रहरीले कुटपिट गर्ने व्यक्तिहरूको खोजी गरी अन्सारीलाई पक्राउ गरेको हो। उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

