रोहितलाई गोली हानी हत्या गरेको आरोपमा तिमिल्सिना र राई पक्राउ
धरान | साउन १८, २०८०
धरान: इटहरी उपमहानगरपालिका–२० सेउती पुलमा लुटपाटपछि गोली हानेर हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका–१० का ३४ बर्षीय अनसन राई रहेका छन् ।
उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको संयुक्त प्रहरीको टोलीले धरानको पुतली लाइनबाट पक्राउ गरेको हो ।
उनीहरुले विराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीलाई गोली प्रहार गरी हत्या गरेका थिए । उनीहरुको साथबाट अटोमेटिक चाइनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, खुकुरी २ थान, औठी १ थान र गोलीको खोका १ थान बरामद गरेको छ ।
यो पनि पढ्नुहोस
उनीहरूले धरानबाट इटहरीतर्फ जाँदै गरेको को ३२ प १७९६ नम्बरको मोटरसाइकल चालक रोहित र मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका–३ की सुमना खत्रीलाई साउन ५ गते साँझ पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गरेका थिए । सोही क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए । गम्भीर घाइते भएका चौधरीको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सुमना खत्री भने सामान्य उपचारपछि घर फर्किएका थिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा असार ८, २३ र ३१ गते धरानको छुट्टाछुट्टै स्थानमा भएका श्रृङखलाबद्ध लुटपाटमा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ ।
पक्राउ परेकामध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिना अगाडि छुटेको र तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागूऔषध दुर्व्यसनी रहेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

