पोखरामा २९ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
पाेखरा | साउन १९, २०८०
पोखरा: २९ औं विश्व आदिवासी दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै २९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा मनाउन लागेको जानकारी दिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सहआयोजनामा २९ औं विश्व आदिवासी दिवस पोखरामा यही साउन २४ गते मनाउन लागेका हो ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मबहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए ।
‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, उनले भने, ‘२९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा पनि मनाउँदै छौं ।’
उनले विश्व आदिवासी दिवसको अवसरमा पोखरामा गण्डकी प्रदेशको विभिन्न जिल्लामा छरिएर रहेका आदिवासीहरुको कला संस्कृति सहितको झाँकी सहित दिवस मनाउने बताए ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजनकुमार लामाले जनजातिहरुलाई फुटाउने गरी अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिलाई छानविन गरी कारवाही गर्न माग गरे ।
‘आदिवासी जनजातिहरुलाई नै तोक घृणा फैलाउने र होच्याउने गरी षडयन्त्र पूर्वक अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई छानविन गरी कारवाही गर्न हाम्रो माग छ’, लामाले भने, ‘आदिवासी जनजातिहरुलाई फुटाउने षड्यन्त्र भए छ सरकारले छानबिन गर्नुपर्छ ।’
२९ औं विश्व आदिवासी दिवसको अवसरमा पोखराको मानवअधिकार चोकदेखि आदिवासीको आ–आफ्नो मौलिक पोशाकसहित पोखरा सभागृह झाँकी तथा ¥याली सहित औपचारिक कार्यक्रम सुरु हुने जानकारी दिएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

