गण्डकीबाट १ सय ५ जना यू–१९ फुटबलमा छनौट, मनाङ र मुस्ताङबाट परेनन् (सूचीसहित)

कुन जिल्लाबाट कति ?

पाेखरा | साउन २१, २०८०

गण्डकीबाट १ सय ५ जना यू–१९ फुटबलमा छनौट, मनाङ र मुस्ताङबाट परेनन् (सूचीसहित)

पोखरा:   गण्डकी प्रदेशको राजधानी पोखराबाट १ सय ५ जना खेलाडी यू–१९ फुटबलका लागि छनौट भएका छन् ।

 

मुख्य प्रशिक्षक किरण श्रेष्ठको टोलिले पोखराको रङ्गशालामा भएको २ दिने छनौट चरणबाट १ सय ५ जना चुनेका हुन् ।

 

गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङका अनुसार छनौट हुनेमा कास्कीबाट २६ जना, नवलपुरबाट १६, बागलुङबाट ३, लमजुङबाट १०, तनहुँबाट १७, स्याङजाबाट ११, गोरखाबाट ९, पर्वतबाट १ र म्याग्दीबाट ७ जना  छनौट भए । 

 

गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाट खेलाडी छनौटमा नपरेको गुरुङले जानकारी दिए । यद्यपी पाल्पा, सुनकोशी, डोल्पाबाट १/१ जना परेका छन् भने नवलपरासीबाट २ जना चुनिएका छन् ।

 

‘हामीले केन्द्रसँग समन्यव गरेर नै काम गरेका छौं, खेलाडीलाई जहाँ पायक पर्छ त्यही छनौट गर्न पाउने व्यवस्था मिलाएका कारण पोखराबाट अन्य प्रदेशका ५ जना खेलाडी भाइहरु पनि छनौट हुनुभाछ,’ गुरुङले भने ।

 

अब उनीहरु अन्तिम छनौटका लागि काठमाडौं जानेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)  का अनुसार अन्तिम छनौट आगामी अगष्ट ११ देखि १५ तारिखसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।

 

नेपालका लागि अन्तिम छनौट भएपछि आगामी सेप्टेम्बर २१–३० सम्म आयोजना हुने एएफसी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

 

गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङका अनुसार छनौट प्रतियोगितामा  २ सय ७२ बढी खेलाडी सहभागि थिए ।


 

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्