किर्ते दस्तखत गरेका गोरखा २(१) का कांग्रेस सभापति गुरुङ जेल चलान
गोरखा | साउन २१, २०८०
पोखरा: नेपाली कांग्रेस गोरखा निर्वाचन क्षेत्र नम्बर २(१) का सभापति दीर्घमान गुरुङ (नारायण) जेल चलान भएका छन् ।
गुरुङविरुद्ध सरकारी दस्तखत किर्ते कसुरमा २०६१ जेठ १८ गते जिल्ला अदालतले एक वर्षको कैद सजाँय सुनाएको थियो ।
त्यसपछि उनी फरार थिए ।
फरार रहेका गुरुङलाई प्रहरीले गत असार २० गते पक्राउ गरेको थियो । त्यसपछि अदालतको फैसला कार्यान्वयनका लागि गुरुङलाई पक्राउ गरेसँगै डिल्लीबजार जेल चलान गरेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।
उनले पहिल्यैदेखि सरकारी कागजात बनाउनका लागि किर्ते दस्तखत गर्दै आएकाे बताइएकाे छ ।
अहिले जेल चलान भएपछि नेपाली कांग्रेसले गुरुङलाई निलम्बन गरेको छ ।
जिल्ला समिति गोरखाले प्रेस विज्ञप्ति जारी गर्दै गुरुङ फौजदारी अभियोगमा थुनामा रहेकाले उनलाई पार्टीको सदस्य पदबाट निलम्बन गरेको बताएको छ ।
जिल्ला सचिव कृष्णबहादुर आलेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद २, दफा ४ को उपदफा १३(ङ) अनुसार गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. २(१) का दीर्घमान गुरुङ फौजदारी अभियोगमा थुनामा रहेकाले पार्टीको सदस्य पदबाट निलम्बन गरिएको छ ।’
म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

