गण्डकी सरकारसँग राउटे समुदाय: खान बस्न धौ भयो
पाेखरा | साउन २१, २०८०
पोखरा: गाँस, बास र कपासको जोहो गर्न समस्या भएको भन्दै दैलेखबाट राउटे समुदायका अगुवाहरु गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न पोखरा आएका छन् ।
आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्री ज्यूले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले राउटे समुदायले भोग्नुपरेको समस्या, अहिलेको अवस्था, कानुनी अड्चन लगायतका बारेमा जानकारी लिदै आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।
राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।
राउटे समुदायले हरेक वर्ष जस्तै यस वर्षपनि विभिन्न प्रदेशबाट सहयोग संकलन गरेको बताए ।
उक्त रकम राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गर्दै आएको राउटे अगुवा लालबहादुर शाहीले सुनाए ।
सो अवसरमा राउटे समुदायको तर्फबाट काठको चौका उपहार दिएका थिए ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

