गण्डकी सरकारसँग राउटे समुदाय: खान बस्न धौ भयो

पाेखरा | साउन २१, २०८०

गण्डकी सरकारसँग राउटे समुदाय: खान बस्न  धौ भयो

पोखरा:  गाँस, बास र कपासको जोहो गर्न समस्या भएको भन्दै दैलेखबाट राउटे समुदायका अगुवाहरु गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न पोखरा आएका छन् । 

 

आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्री ज्यूले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन्  । 

 

मुख्यमन्त्री पाण्डेले राउटे समुदायले भोग्नुपरेको समस्या, अहिलेको अवस्था, कानुनी अड्चन लगायतका बारेमा जानकारी लिदै आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

 

राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।  

 

राउटे समुदायले हरेक वर्ष जस्तै यस वर्षपनि विभिन्न प्रदेशबाट सहयोग संकलन गरेको बताए । 

 

उक्त रकम राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गर्दै आएको राउटे अगुवा लालबहादुर शाहीले सुनाए ।

 

सो अवसरमा राउटे समुदायको तर्फबाट काठको चौका उपहार दिएका थिए ।

 

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्

पोखरा:  आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ ।   यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, वि...

थप पढ्नुहोस्