गण्डकी सरकारसँग राउटे समुदाय: खान बस्न धौ भयो

पाेखरा | साउन २१, २०८०

गण्डकी सरकारसँग राउटे समुदाय: खान बस्न  धौ भयो

पोखरा:  गाँस, बास र कपासको जोहो गर्न समस्या भएको भन्दै दैलेखबाट राउटे समुदायका अगुवाहरु गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न पोखरा आएका छन् । 

 

आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्री ज्यूले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन्  । 

 

मुख्यमन्त्री पाण्डेले राउटे समुदायले भोग्नुपरेको समस्या, अहिलेको अवस्था, कानुनी अड्चन लगायतका बारेमा जानकारी लिदै आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

 

राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।  

 

राउटे समुदायले हरेक वर्ष जस्तै यस वर्षपनि विभिन्न प्रदेशबाट सहयोग संकलन गरेको बताए । 

 

उक्त रकम राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गर्दै आएको राउटे अगुवा लालबहादुर शाहीले सुनाए ।

 

सो अवसरमा राउटे समुदायको तर्फबाट काठको चौका उपहार दिएका थिए ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्