रुपाताल नजिक मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु

पाेखरा | भदौ २, २०८०

रुपाताल नजिक मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु

पोखरा:   कास्कीको रुपा गाउँपालिका ६ निगालाझाँपामा आज करिब ४ बजे मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही स्थानकै २४ वर्षीय अशोक गुरुङ रहेका छन् ।

 

प्रदेश नम्बर ३ –०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपातालतर्फ जादैं गर्दा घुम्तीबाट मोटरसाइकल तल्लो सडकमा खस्दा गम्भीर घाइते भएका थिए ।

 

त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको  छ ।
 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्