मेनकाजी गुरुङको स्मृतिमा वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापालाई सम्मान पुरस्कार
पाेखरा | भदौ ४, २०८०

पोखरा: वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापालाई पोखरामा हिमाली साँस्कृतिक परिवारले मेनकाजी गुरुङ स्मृति सम्मान पुरस्कार अर्पण गरेको छ।
हिमाली साँस्कृतिक परिवारका संस्थापक एवम निवर्तमान अध्यक्ष, वरिष्ठ नृत्य निर्देशक, सँस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट गुरुङको ६० औं जन्म जयन्तीको अवसरमा ९१ वर्षिय वरिष्ठ नृत्य निर्देशक थापालाई १ लाख ११ हजार १११ रुपैयासहित सम्मान पुरस्कार अर्पण गरिएको हो।
यसरी नै उक्त अक्षयकोषबाट हिमाली साँस्कृतिक परिवारका उत्कृष्ठ कलाकारद्धय मनसुवा नेपाली र सनबहादुर गुरुङलाई जनही १५ हजार नगदसहित कलाकार प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो।
हिमाली साँस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचनको संयोजकत्वमा श्रष्टा छनौट समितिको सिफारिसमा वरिष्ठ नृत्य निर्देशक थापा, कलाकारद्धय नेपाली र गुरुङ पुरस्कृत हुनुभएको हो।
स्वर्गीय मेनकाजी गुरुङको शुभेच्छुक, आफन्तजन, कलाकारहरु, विभिन्न संघ संस्थाको सहयोगमा हालसम्म ४० लाख रुपैयाको मेनकाजी गुरुङ स्मृति अध्यक्षकोष स्थापना गरी उक्त कोषको व्याजबाट वरिष्ठ सँस्कृतिकर्मी र हिमाली साँस्कृतिक परिवारका दुई जना उत्कृष्ठ कलाकारहरु नेपाली र गुरुङलाई पुरस्कृत गरिएको हो।
पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति प्राज्ञ जगमान गुरुङ, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति प्राज्ञ सरुभक्त श्रेष्ठ, पुर्व मन्त्री बेदबहादुर गुरुङ, हिमाली साँस्कृतिक परिवारका संरक्षक तथा श्रष्टा छनौट समितिका संयोजक नरबहादुर शेरचन, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, संरक्षक खेमबहादुर गुरुङ, संरक्षक टिकाबहादुर कार्की लगायतले पुरस्कृत गर्नुभएको हो।
कार्यक्रममा पुरस्कृत वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले लोकसँस्कृतिको महत्वको बारेमा चर्चा गर्नुहुदै लोक सँस्कृतिप्रति राज्यको दृष्टिकोण, लोक सँस्कृतिको वर्तमान अवस्थाका बारेमा चिन्ता समेत जाहेर गर्नुहुदै स्वर्गीय मेनकाजी गुरुङको स्मरण गर्नुभएको थियो। पोखरामा भौतिक विकास धेरै भए पनि साँस्कृतिक विकास, चिन्तनको विकास अझै हुन नसकेको गुनासो उहाँको थियो।
प्रमुख अतिथि प्राज्ञ जनमान गुरुङले लोक सँस्कृति राष्ट्र राष्ट्रियताको प्रतीक भए पनि संरक्षण सम्वद्र्धनमा ध्यान जान नसकेको बताउनुभयो। उहाँले जाने बुझेको ज्ञान हस्तान्तरण गर्न आफुहरु तयार रहेको भन्दै कला, सँस्कृतिमा विकृति आइरहेको, मौलिकता हराईरहेको टिप्पणी समेत गर्नुभयो। हिमाली साँस्कृतिक परिवारको गतिविधीको प्रसंसा गर्दै स्वर्गीय मेनकाजी गुरुङ सधै स्मृतिमा रहने बताउनुभयो।
यसरी नै वरिष्ठ साहित्यकार, प्राज्ञ सरुभक्त श्रेष्टले अग्रजको सम्मान नेपाली मुल्यमान्यता कै रुपमा बरिष्ट नृत्य निर्देशक भैरब बहादुर थापाले सम्मानित हुनुभएको बताउनुभयो। नृत्यका जिवित इतिहास थापाबाट नयाँ पुस्ताले धेरै ज्ञान ग्रहण गर्नुपर्नेमा जोडदिनुभयो।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरुले साँस्कृतिक प्रस्तुति, उपाध्यक्ष श्रीजंग गुरुङले मेनकाजी स्मृति कोषको स्थापना र उद्धेश्यबारे प्रष्ट पार्नुहुदै स्वागत मन्तव्य र सचिव मनबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो। उक्त अवसरमा विभिन्न शुभेच्छुकहरुले अक्षयकोष बृद्धिका लागि रकम हस्तान्तरण गरेका थिए।
यसै बिच नेपाली लोक सँस्कृतिक बचाऔं मुल नाराका साथ विसं.२०५४ मा स्थापित हिमाली साँस्कृतिक परिवारले आफ्नो २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
साधारणसभामा सचिव मनबहादुर गुरुङ प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महादेव न्यौपानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको सहसचिव डबिन गुरुङले जानकारी दिनुभयो।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...