चन्द्रमाको दक्षिणी ध्रुवमा भारतीय अन्तरिक्षयानको सफल अवतरण
काठमाडाैं | भदौ ६, २०८०

काठमाडौं: भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर इतिहास बनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाएको हो।
चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन्। यदि चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ।
रुसको लुना–२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महत्त्वाकाङ्क्षी प्रयास गरेको हो।
चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान–३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो०ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ।
अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका थिएनन्।
सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो। त्यतिबेला चन्द्रयान-२ चन्द्रमाको सतहमा खसेको थियो। त्यसैले भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुचि राख्ने सबैको दृष्टि चन्द्रयान-३ मा थियो।
सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गर्नुभएको थियो।
पोखरा: पोखरा रंगशालामा आजदेखि सुरु भएको तेस्रो गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँले बाग्लुङलाई १० रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको तनहुँले २० ओभर...
पोखरा: पोखरामा सम्पन्न भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले न...
पोखरा: अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गौरा आयोजित जेष्ठ नागरिक सम्मान एवं खुल्ला रक्तदानमा ६० युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । समाजले वार्षि...