रानीपौवालाई १९ वर्षपछि ताया: मचा नृत्य प्रतियोगिता गर्ने जिम्मा, उपाधि राशी ३ लाख
पाेखरा | भदौ ११, २०८०
पोखरा: नेवा: खल: कास्कीले २०५६ सालदेखि नियमित गर्दै आएको तायाःमचा नृत्य प्रतियोगिता २०८० को आयोजना गर्ने जिम्मेवारी यसपटक रानीपौवा ताया: मचा नाच समितिले पाएको छ ।
सो समितिले आगामी १६ गते शनिबार पोखरा महानगरपालिका ११ स्थित रानीपौवामा नृत्य प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
प्रतियोगिता सम्पादन समितिका मुल संयोजक इश्वर प्रसाद कर्माचार्यले सो प्रतियोगितामा कुल ३० समुहको सहभागिता रहने जानकारी दिए । उनका अनुसार पुरुषतर्फ २१ र महिलातर्फ कुल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहले नगद रु ३ लाख १ रुपैयाँ प्रदान गरिने संयोजक कर्माचार्यले बताए । उनका अनुसार द्वित्तिय हुने समुहले २ लाख १ रुपैयाँ हाप पार्नेछ भने तृतीय स्थान हाँसिल गर्ने समुहले १ लाख १ रुपैयाँ प्राप्त गर्नेछ भने सान्त्वना स्थान गर्ने टिमले ३० हजार १ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै महिलातर्फ प्रथम र द्वित्तिय हुने समुहले क्रमश ४० हजार १ रुपैयाँ र २० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् ।
उक्त पुरस्कारराशी ४ दाजुभाई रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, कविन्द्र र शंकर श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेका हुन् ।
प्रतियोगिताका प्रचारप्रसार संयोजक सुभाष तझ्यालेले अनुसार सो परिवारले हरेक वर्ष १० लाख सहयोग गर्ने सम्झौता भएको बताए ।
प्रतियोगितालाई उत्सवका रुपमा मनाउनका लागि कार्यक्रम क्षेत्रमा नेवार समुदायमा प्रचलित समाग्री तथा र खाजा तथा खानाका स्टलहरु राखिने उनले बताए ।
ताया: मचा नृत्य प्रतियोगिता २०८१ सालमा नयाँबजार, २०८२ सालमा शिसुवा र २०८३ सालमा लामाचौरमा आयोजना हुने नेवा:खल: कास्कीले जनाएको छ ।
पोखरा: आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् । पो...
कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...
पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

