भदौको अन्तिम साता बीपी साहित्य महोत्सव
काठमाडाैं | भदौ ११, २०८०
फाइल तस्बिर
काठमाडौं: नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ । ११० औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले पार्टीसम्वद्ध लेखक संघसँग मिलेर पहिलो पटक साहित्य महोत्सव गर्न लागेको हो ।
कांग्रेस कार्यालय, सानेपामा भदौ २४, २५ र २६ गतेसम्म हुने महोत्सवमा १२ वटा सेसन हुनेछ ।
महोत्सवका संयोजक एवं कांग्रेस महमहामन्त्री बद्री पाण्डेका अनुसार महोत्सवमा भारतबाट जेएनयूका पूर्व प्राध्यापक आनन्दकुमार आउने तय भएको छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महोत्सवका क्रममा हरेक दिन साँझ क्रमशः कविता, गजल र सांगीतिक साँझ हुनेछ भने कार्यक्रम अवधिमा चित्रकला प्रदर्शनी पनि हुनेछ । बीपी, लोकतन्त्र र कांग्रेससँग जोडिएका वृत्तचित्र र केही तस्वीर प्रदर्शन पनि हुने उनले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

