पोखरामा २३ वर्षपछि बाघजात्रा निकालिदैं
भदौ १८ देखि २० गतेसम्म प्रदर्शन गरिने
पाेखरा | भदौ १४, २०८०
पोखरा: नेवार समुदायमा प्रचलित जात्राको पनि जात्रा ऐतिहासिक बाघजात्रा पोखरामा २३ वर्षपछि प्रदर्शन हुने भएको छ ।
बाघजात्रा आयोजक समिति पोखराले आगामी १८, १९ र २० गते पोखराको चोकचोकमा विभिन्न समुदायको सहभागितामा बाघजात्रा निकालिने आज (बिहीबार) आयोजिन पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
आयोजक संस्थाका सचिव सुनिल उलकले वि.स. २०५७ सालमा मोहरियाटोलले बाघजात्रा प्रदर्शन गरेपश्चात रोकिएको बताउदै यस वर्षदेखि निरन्तरता दिइने बताए ।
उलकले विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाइजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहेपनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन सुरु गरिएको सुनाए । उनका अनुसार १८ गते नेवा छें हुदैं मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवा छेमा समापन हुनेछ ।
यस्तै १९ गते नेवा छे हुदैं गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदैं नेवा छेमा पुगेर जात्रा समापन हुनेछ ।
२० गते मुख्य समापन समारोहका लागि नेवा छे हुँदैं भिमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदैं रंगशाला पुगेर समापन गरिने सचिव उलकले बताए ।
यस्तै आयोजक संस्थाका सदस्य शान्ति श्रेष्ठ उदासले सो जात्रामा किंवदन्तीमा आधारित बाघको डमी प्रयोग गरेर जात्रा प्रदर्शन गरिने जानकारी दिइन् । उनले बाइसे चौबिसे राजाको प्रतिमा झल्कनेगरी भाँकाीसमेत देखाइने बताइन् ।
तीन दिन हुने बाघजात्रामा नेवार संगै मगर, गुरुङ, तामााङ लगायतका अन्य समुदायको पनि सहभागिता रहने उनले बताइन् ।
उनका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी (५० जनाको समुह) ले विभिन्न साँस्कृतिक नृत्यहरु प्रदर्शन गर्नेछन् ।
२३ वर्षपछि पोखरामा प्रदर्शन हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवा खल कास्कीले सहयोग गरेको आयोजकले जनाएको छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

