ढल्के जोवान कपमा ‘गार्डेन एफसी च्याम्पियन’
पाेखरा | भदौ १७, २०८०
पोखरा: पोखरामा सम्पन्न पहिलो संस्करणको ढल्के जोवान ३५ प्लस भेट्रान्स सिक्स ए साइड फुटसल प्रतियोगितामा गार्डेन एफसी च्याम्पियन भएको छ ।
पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा फङ्की बिन्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै गार्डेन च्याम्पियन बनेको हो ।
गार्डेनको जीतमा सन्तोष कार्कीले ह्याट्रिक गरे भने विकास गुरुङले १ गोलको याेगदान दिएका थिए । गार्डेनको तर्फबाट १ आत्मघाती गोल भएको थियो ।
प्रतियोगिताको उपाधि जितेको गार्डेन एपफसीले नगद रु ५१ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको फङ्की बिन्सलाई नगद रु ३१ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका संस्थापक गोविन थापाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताबाट गार्डेन एफसीका विकास गुरुङ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए भने सोही टिमकै विकास गुरुङ प्रतियोगिताकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।
प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गरेको गण्डकी स्पोर्टसले फेयर प्ले ट्रफी प्राप्त गर्याे ।
विजेता उपविजेता टिमका खेलाडीहरुलाई पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।
फुटबलर गोविन थापाले आयोजना गरेको सो प्रतियोगिताको प्रथम पुरस्कार मोना एफसी हङकङले र दोस्रो पुरस्कार इलाइट मुआ थाइले प्रायोजन गरेको थियो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

