पोखरामा बीमासम्बन्धि छलफल –अभिकर्ताले ‘डबल’ भन्दै झुक्याउन पाइदैन
पाेखरा | भदौ २४, २०८०
पोखरा: नेपाल बीमा प्राधिकरणले पोखरेली पत्रकारसँग बीमासम्बन्धि अन्तरक्रिया तथा छलफल गरेको छ ।
छलफलमा अभिकर्ताहरुले बीमित (बीमा गर्ने व्यक्ति) लाई समयावधि पुगेपछि दोब्बर (डबल) उपलब्ध गराउने भन्दै प्रलोभनमा पार्न नहुने नेपाल बीमा प्राधिकरण गण्डकीका प्रमुख केशव प्रसाद दाहालले बताए ।
अभिकर्ताले बीमितलाई समय पुगेपछि दोब्बर (डबल) रकम पाउने भन्दै प्रलोभनमा पारेर आफ्नो कम्पनीमा बीमा गर्न बाध्य पार्ने अभिकर्तालाई कारवाही गर्ने बताए ।
‘अभिकर्ताले बीमितको आम्दानीको बारेमा प्रष्ट हुनुपर्छ । समय पुगेपछि डबल पाउनुहुन्छ भन्नै पाउनुहुन्न, उनले भने, ‘त्यसो भनिएको पाइए अभिकर्तालाई कानून बमोजिम कारवाही हुन्छ ।’
उनले कुनै पनि बीमा कम्पनीले दोब्बर रकम उपलब्ध गर्न नसक्ने बताए । ‘हरेक बीमा कम्पनीको आ–आफ्नै नीति हुन्छ । त्यस अन्तरगत नै बीमितले भुक्तान पाउने हो । राज्यलाइ तिर्नुपर्ने कर र कम्पनीको पोलिसी अनुसार भुक्तान हुन्छ । त्यो सबै बीमितले बुझ्न आवश्यक छ,’ दाहालले भने ।

उनका अनुसार नेपाल बीमा प्राधिकरणमा ३४ वटा बीमा कम्पनी आवद्ध छन् ।
प्राधिकरणले नीजि तथा सरकारी बीमा कम्पनीलाई नियमन गर्ने काम गर्दै आएको बताउदै दाहालले चित्त नबुझेको खण्डमा बीमितले बीमा कम्पनीविरुद्ध निवेदन दिन सक्ने सुनाए ।
‘हाम्रो काम भनेको बीमा कम्पनीहरुलाई नियमन गर्ने हो । बीमाबाट पाउनुपर्ने रकम नपाएको खण्डमा तपाइहरुले (बीमित) बीमा कम्पनीको विरुद्धमा निवेदन दिन पाउँनुहुन्छ, दाहालले भने, ‘त्यसको लागि कुनै दस्तुर लाग्दैन । मुद्धा नै लड्न परेको खण्डमा हाम्रै वकिल लड्ने व्यवस्था हुन्छ ।’
उनका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म करिब एक दर्जन निवदेन परेका छन् । त्यसमध्ये कृषि तथा वालीसम्बन्धि निवेदन परेको छन् ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले मानव जीवनमा बीमाको अपरिहार्यता रहेको बताइन् ।
‘मानव जीवनमा बीमाको अतिआवश्यक देखिएको छ । पछिल्लो समय नागरिककमा बीमा गर्नुपर्छ भन्ने ह्वात्तै लहर बढेर आएको छ । किनभने घरकै बीमा गरेपनि, कृषि वा सवारी साधनकै गरेपनि आखिर जोडिने भनेकै मानव जीवनसँग हो त्यसैले बीमाको महत्व बढेको छ,’ उनले भनिन् ।
अध्यक्ष भण्डारीले कास्कीमा क्रियासिल पक्रकारका लागि महासंघले स्वास्थ्य बीमाको व्यवस्था गरेको बताउदै केही पक्रकारको सम्बन्धित कम्पनीकै कमजोरीका कारण छुट्न पुगेको सुनाइन् ।
उनले छुटेका पत्रकारको पनि स्वास्थ्य बीमा गर्ने तयारी रहेको बताएकी थिइन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

