मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार

काठमाडाैं | भदौ २५, २०८०

मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार तस्बिर फाइल

काठमाडौं:     भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ ।


भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष उपकरण नहुँदा पनि उद्धारकर्ताहरूले जीवित मानिसहरू फेला पर्ने आशामा खाली हातले नै उद्धार तथा खोजी अभियान चलाइरहेका खबरमा उल्लेख छ ।


भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका केही पहाडी गाउँहरूमा ठूलो विनाश भएको छ। त्यहाँका मानिसहरू व्यग्रतापूर्वक राहत कुरिरहेका छन्। मोरक्को सरकारले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईबाट सहायता स्वीकार गरेकोे जनाएको छ ।


एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पकोे असर माराकेशसहित अन्य धेरै सहरहरुमा पनि परेको छ ।  भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार  सयभन्दा धेरै घाइते भएका छन् ।


मोरक्कोमा ६० वर्षपछि विनाशकारी भूकम्प गएको हो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्