एसिया कपको सुपर फोरमा आज पाकिस्तान र श्रीलंका खेल्दै

काठमाडाैं | भदौ २८, २०८०

एसिया कपको सुपर फोरमा आज पाकिस्तान र श्रीलंका खेल्दै

काठमाडौं:    एसिया कपको सुपर फोरमा आज पाकिस्तानले श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा कोलोम्बोमा सुरु हुनेछ । यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर वर्षाको कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटको कारण फाइनलमा स्थान बनाउनेछ ।


सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराउँदा भारतसँग २ सय २८ रनको लज्जास्पद हार व्यहोरेको थियो । उता श्रीलंकाले बंगलादेशलाई २१ रनले हराउँदा भारतसँग ४१ रनको हार व्यहोरेको थियो ।


भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । समान २ अंक भएपनि नेटरनरेटको कारण श्रीलंका दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । श्रीलंकाको नेटरनरेट माइनस ०.२०० र पाकिस्तानको माइनस १.८९२छ ।


पाकिस्तानले पछिल्लो भारतसँगको खेलबाट टोलीमा पाँच परिवर्तन गरेको छ । ओपनर फखार जमान, मध्यक्रमका ब्याटर अघा सलमान, तीव्र गतिका बलर हरिस रौफ, नसिम शाह र फहिम अशरफलाई बेन्चमा राखेको छ ।


युवा ओपनर मोहम्मद हरिस, मध्यक्रमका ब्याटर साउद सकिल, स्पिन अलराउन्डर मोहम्मद नवाज, तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध खेलाउनेछ ।


रौफ र शाह चोटका कारण टोलीमा नभएका हुन् । अन्य तीन खेलाडी कमजोर प्रदर्शनका कारण टोलीमा नपरेका हुन् । कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ ।


यी दुई ब्याटरको उच्च प्रदर्शन बिना जित निकाल्न कठिन पर्नसक्छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी प्रमुख हतियार हुन् । रौफ र शाह नहुँदा बलिङ आक्रामण कमजोर बन्नसक्छ ।


उता भारतविरुद्ध ४२ रन बनाउनुको साथै पाँच विकेट लिएका स्पिनर दुनिथ वेलालागे पाकिस्तानलाई घातक बन्नसक्छन् । पाकिस्तानले भारतीय स्पिनर कुलदीप यादवविरुद्ध कमजोर प्रदर्शन गरेका थिए ।


श्रीलंकाका कप्तान दासुन शानका खराब लयबाट गुज्रिएका छन् । साविक वितेजा श्रींलका शानकाबाट सानदार प्रदर्शन चाहन्छ । ओपनर दिुमथ करुणारत्नेको स्थानमा कुशल परेरालाई मौका दिनसक्छ । कुशल मेन्डिस र सदिरा समाराविक्रमा प्रमुख ब्याटर हुन् । मथिसा पाथिराना र कसुन रजिथा तीव्र गतिका बतियार हुन् ।


दुवै टोलीलाई चोटले सताएको छ । आफ्ना प्रमुख बलर दुबै टोलीमा छैनन् । श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगा चोटका कारण यस प्रतियोगितामै छैनन् ।

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्