विद्यालय नाटक महोत्सव सुरु, पहिलो दिन ‘शिलान्यास’ मञ्चन
पाेखरा | भदौ २८, २०८०
पोखरा: पाँचौ संस्करणको पोखरा विद्यालय नाटक महोत्सव बुधबारबाट पोखरामा सुरु भएको छ । नाटक महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरें । कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले नाटकले कला संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सघाउने बताए । नाट्य क्षेत्र महत्वपूर्ण क्षेत्र भएको भन्दै यो क्षेत्रमा भविष्य भएको दावी समेत उनले गरें ।
महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले निरन्तर महोत्सव आयोजना गर्न सबैको साथले सम्भव भएको बताए । विद्यालय नाटक महोत्सव आयोजना गरेको पाँच वर्षमा केही उपलब्धि देखिन थालेको उनको भनाई थियो ।
पोखरा थिएटरका संस्थापक सञ्चालक दीलप्रसाद गुरुङले नाटक महोत्सव प्रतिको चासो बढ्न थालेको बताए । रङ्गमञ्च क्षेत्रको विकास तथा उत्थानका लागि स्थापित थिएटरले आफ्नो स्थापनाकालदेखि नै नाटक मञ्चन, विद्यालयमा अभिनय कक्षा, प्रशिक्षण, नाट्य महोत्सव तथा विभिन्न रङ्गमञ्चीय गतिविधिहरू आयोजना गर्दै आइरहेको उनले खुलाए ।
पोखरा थिएटरले आयोजना गरेको महोत्सव आगामी असोज १२ गतेसम्म सञ्चालन हुनेछ महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक गरेर कुल १५ नाटक देखाइनेछ ।
महोत्सवको पहिलो दिन बुधबार हिल पोइन्ट मा.वि. माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन गरियो । भीमनिधि तिवारीले लेखेको नाटक रमेश तिमल्सिनाको निर्देशनमा मञ्चन भएको हो ।
नाटकमा आशिष लामिछाने, सचिन भित्रकोटी, रोनीक मल्ल, स्यासिन पुन, प्रतिज्ञा कुवर, कृष गुरूङ, आदित्य लामा गुरूङ, भगवत थापा मगर, स्वरूप सुबेदी , अंकित तिमिल्सिना, आदित्य गुरूङ , अर्पण लामिछाने, आर्यान तिमिल्सिना, प्रमिसा लामिछानेको अभिनय गरेका थिए ।
यसैगरी एस्लीन गुरूङ, जितेश गुरूङ, सन्देश परियार, सगुन गुरूङ, लियम गुरूङ, यत गुरूङ, मनिस सिग्देल, दिप्सन गुरूङ, जोयान गुरूङ, सुदिप सुनार, सुजन कुँवर, सुजन कार्की, बिनिता वानीयाँ, स्वीकार कट्टेल, युमिका गुरुङ, पवन गुरुङ, हिमाल गुरुङ, प्रत्यूस अधिकारीको अभिनय समेत दर्शकले हेर्न पाए ।
भोली भाद्र २८ गते बिहीबार नवदिप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भुत’ नाटक हेर्न पाइनेछ । सरुभक्तले लेखेको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार भएको छ । यो नाटकमा सोमिया खातुन, सृष्टि अधिकारी, अनुस्का गुरूङ, लेबिस्का परियार, सोइक्षा परियार, रियाना सुनार, रिया गुरूङ, शिवानी थापा, निमृता गुरूङ, ममता गुरूङ, रिद्दी गुरूङ, गिष्मा बुडाथोकी, शुसान्त गुरूङ, सुप्रिया शेर्पा, सुवास गुरूङ, सुविक्षा सुनार, सलिसा गुरूङ र श्वेता गुरूङको अभिनय रहनेछ ।
नाटक दिउँसो साढे १ बजे गन्धर्व नाटकघर ग्रैहापाटन पोखरामा मञ्चन हुने आयोजकले जनाएका छन् । महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले सहकार्य गरेका छन् । महोत्सवको प्रर्वद्धकको रुपमा पोखरा महानगरपालिका रहेको छ ।
पाँचौं संस्करणको विद्यालय नाटक महोत्सव नारा ‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

