प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम क्षेत्र नम्बर २ रिक्त
काठमाडाैं | भदौ २९, २०८०
काठमाडौं: गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको छ ।
शुक्रबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको जानकारी सदनलाई गराए ।
निर्वाचित सदस्यको मृत्यु भएमा रिक्त भएको जानकारी सदनलाई जानकारी गराउनुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) मा पनि सदनलाई जानकारी गराउनु पर्ने व्यवस्था छ ।
गत २६ भदौमा संविधानसभा अध्यक्ष एंव पूर्वसभामुख समेत रहेका नेम्वाङको निधन भएको थियो ।
रिक्त क्षेत्रमा उपनिर्वाचन
रिक्त भएको ठाउँमा उपनिर्वाचन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि भएमा निर्वाचन प्रणालीबाट पूर्ति गरिने भनिएको छ ।
‘प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ उक्त धारामा भनिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ६८ मा उपनिर्वाचनको व्यवस्था गरिएको छ । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,’ उक्त दफामा भनिएको छ ।
पोखरा: प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर म...
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

