प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम क्षेत्र नम्बर २ रिक्त
काठमाडाैं | भदौ २९, २०८०
काठमाडौं: गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको छ ।
शुक्रबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको जानकारी सदनलाई गराए ।
निर्वाचित सदस्यको मृत्यु भएमा रिक्त भएको जानकारी सदनलाई जानकारी गराउनुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) मा पनि सदनलाई जानकारी गराउनु पर्ने व्यवस्था छ ।
गत २६ भदौमा संविधानसभा अध्यक्ष एंव पूर्वसभामुख समेत रहेका नेम्वाङको निधन भएको थियो ।
रिक्त क्षेत्रमा उपनिर्वाचन
रिक्त भएको ठाउँमा उपनिर्वाचन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि भएमा निर्वाचन प्रणालीबाट पूर्ति गरिने भनिएको छ ।
‘प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ उक्त धारामा भनिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ६८ मा उपनिर्वाचनको व्यवस्था गरिएको छ । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,’ उक्त दफामा भनिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

