अनमोल सहकारीको १२ औं साधारणसभा सम्पन्न

पाेखरा | असोज ८, २०८०

अनमोल सहकारीको १२ औं साधारणसभा सम्पन्न

पोखरा:  पोखरा–१७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

 

कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका कुमारी शाही योगीले उद्घाटन गर्दै सहकारीले आफ्नो उद्धेश्य अनुरुप संचालन हुनुपर्ने वताउँदै शेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निभाउनु पर्ने वताइन ।

 

सहकारीका अध्यक्ष खेमराज वराल ध्रुबले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ६२ जनाले प्रतिशेयर सदस्य ५ हजारका दरले स्थापना गरेको सहकारीमा हाल ८ सय ९७ जना शेयर सदस्यको शेयर पुजीं ७ करोड १४ लाख ८५ हजार पुगेको जानकारी गराए । साथै उनले सहकारीको कारोबार दिनप्रतिदिन वढ्दै जानुले भविष्य कति उज्जवल छ भन्ने देखाउने पनि वताए ।

 

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, निवर्तमान अध्यक्ष बद्रीनाथ पहारी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोला, शेयर सदस्य विष्णुप्रसाद शर्मा, निलगिरी वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष लेखनाथ बराल, छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लंीराम शर्मा, सावित्रा पौडेल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

 

सभाले अध्यक्ष खेमराज वराल ध्रुबको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णुप्रसाद शर्माको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति संयोजक माधव भट्टराईको प्रतिवेदन पारित गरेको छ ।

 

सो अवसरमा निवर्तमान अध्यक्ष बद्रिनाथ पहारी, जेष्ठ सदस्यहरु डिल्लीराम शर्मा र विष्णु प्रसाद पहारी, उत्कृष्ट वचत कर्ता लिलबहादुर कामी र यमुना पहारी, उत्कृष्ट कारोबार कर्तामा मदन कुमार मैनाली र अञ्जु अधिकारी भण्डारी क्षेत्री,सहकारीका व्यवस्थापक खेमराज सुवेदी,  विभिन्न तह उत्तिर्ण शेयर सदस्यका छोराछोरीहरु सागर सुवेदी, अजय कुमार थापा, ममता ढकाल, नम्रता रेग्मी, सृष्टी थापा, सविन थापा, समिर पहारी, संगम लम्साललाई सम्मान गरिएको सचिव एकनारायण भण्डारीले वताए ।

 

संस्थाका अध्यक्ष खेमराज वराल ध्रुबको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिकाराम बरालले र संचालन सचिव एकनारायण मण्डारीले गरेका थिए ।

 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्