आफ्नो विरुद्ध निरन्तर समाचार आएपछि उषालाई अनुपको प्रश्न: –‘प्रमाण छ ?’
काठमाडाैं | असोज ८, २०८०

केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ ।
निर्देशक बरालले करिब १७ वर्षअघि कागबेनीको अडिसनबाट छानिएपछि अन्त्यमा आफुलाई हटाएर दिया मास्केलाई उक्त भूमिका दिइएको अभिनेत्री उषा रजकले बताएकी छिन् । अभिनेत्री रजकले निर्देशक बरालको एक्टर्स स्टुडियोमा अभिनय सिकेको र अवसर आउँदा पाखा पारिएको मात्र हैन यस विषयमा कुरा गर्दा डिनरको प्रस्ताव गरेको बताएकी छिन् ।
त्यसयता निर्देशक बराल होमटाउन पोखरा आइपुगेका छन् । यही मेसोमा रजकद्वारा प्रेषित स्टाटस र समाचारमा उल्लेखित विषयबारे प्रश्न गर्दा बरालले भने ‘यस्तो समाचार र यस्ता अपजस म माथि किन लागिरहेको छ ? मैले सोच्नै सकेको छैन ।’
उनले प्रतिक्रिया दिने क्रममा समाचारमा उल्लेखित विषया नितान्त व्यक्तिगत र पारिवारिक भएको बताउँदै तत्काल केही बोल्ने अवस्थामा नरहेको उल्लेख गरे । यद्यपि, कलाकार छनौटको विषयमा बरालले निर्देशकीय भूमिकामा रहेको व्यक्तिले ‘फलानो कलाकार उपयुक्त हुनसक्छ’ भन्न सक्ने तर निर्णंय गर्ने अधिकार नहुने प्रष्ट्याए ।
‘कास्टिङ् डाइरेक्टरले अनिडसनमा सहभागी कलाकारबारे निर्देशकलाई सुझाव दिएको तर जोडबल नगरेको र गर्न पनि नमिल्ने हुन्छ’ बरालको भनाई छ ।
यसबाहेक कास्टिङ् काउचबारे आफुलाई केही पनि थाहा नभएको उनले जनाए । समाचारपछि पनि पहिलो पत्नीबारे गरिएको स्टाटसबाजीले आफुलाई झनै दुखित भने बनाएको उनले बताए ।
‘तपाइ गलत छैन भने उषा रजकविरुद्ध कानूनी कारवाहीमा जानुहुन्छ ?’ भन्ने प्रश्नमा बराल भन्छन् ‘म अहिले कामको लागि पोखरा आएको छु, यहीबेला मैले वर्षाैको मेहेनतबाट आर्जेको नाम र शाख ध्वस्त पार्न खोजिएको छ, हाललाई म मेरै कामको जिम्मेवारीमा छु ।’
यस विषयमा आफु धेरै नबोल्ने भन्दै अन्त्यमा सुनागाभा न्यूजमार्फत बरालले रजकलाई प्रश्न सोधेका छन् ‘के तपाइसँग प्रमाण छ ?’
काठमाडौं: प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कोदो दिवसका अव...
काठमाडौं: देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुचि देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानल...
पोखरा: आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । ...