लिङ्कन कलेज बन्यो ‘इन्टर कलेज व्याण्ड च्याम्पियन’
पाेखरा | असोज १४, २०८०
पोखरा: प्रथम इन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ ।
पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो ।
फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड दोश्रोहुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेश्रोहुँदै नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यस्तै, उत्कृष्ट भोकलमा पोखरा लिङ्कन कलेजका रोमित गुरुङ, लिड गिटारमा कालिका माविका अनमोल थापा,, रिदम गिटारमा ईन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कन कलेजका विनोद सुनार उत्कृष्ट घोषित भए । विधागततर्फका उत्कृष्ट घोषित भएकाहरुले नगद ५/५ हजार र प्रमाणपत्र प्राप्त गरे ।
विजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्यामसुङ गुरुङ, सल्लाहकारहरु तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, सहसचिव बिनोद बानियालगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कला र संगीत देशको पहिचान र सभ्यतासँग जोडिने भन्दै यसको संरक्षण र विकासमा महानगरले सघाउने बताए ।
उनले साठीको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको त्यो विरासत फर्काउनुपर्ने र त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

