सामाजिक एकता र सद्भाव कायम राख्न पूर्व राष्ट्रपतिको आग्रह

काठमाडाैं | असोज १९, २०८०

सामाजिक एकता र सद्भाव कायम राख्न पूर्व राष्ट्रपतिको आग्रह

काठमाडौं:   पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपील गर्नुभएको हो ।


पूर्वराष्ट्रपति भण्डारीले सन्देशमार्फत् भन्नुभएको छ, ‘‘नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवम् अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानहरूमा भइरहेका क्रियाकलापहरूका सन्दर्भमा म सबैमा जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयम अपनाउन हार्दिक अनुरोध गर्दछु । समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भैरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।’’


सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको उल्लेख गर्नुहुँर्दै पूर्वराष्ट्रपति भण्डारीले एक–अर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउन आवश्यक भएको बताउनुभएको छ ।


कुनैपनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशीलाका रूपमा रहेको जातीय, धार्मिक एवम् सामाजिक सद्भावलाई जोगाउन फेरि एकपटक एकताबद्ध बन्न आवश्यक रहेको उहाँको भनाइ ।

गलकोटः   विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।  काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...

थप पढ्नुहोस्

भरतपुर:  बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।  चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर ...

थप पढ्नुहोस्

सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...

थप पढ्नुहोस्