स्कुटर दुर्घटनामा चालकको मृत्यु
काठमाडाैं | असोज २८, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया संगीता भण्डारी रहेकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौ किलो नजिक बाप्र ०२ ०४६ प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो।
आज बिहान ७:४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रह...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्...

