क्यानडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो

काठमाडाैं | कात्तिक ३, २०८०

क्यानडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो

क्यानडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१  कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गर्नुभएको छ ।

 

“अहिलेसम्म भारतले भोलि अक्टोबर २० (शुक्रबार) सम्ममा नयाँदिल्लीमा रहेका २१ क्यानडाली कूटनीतिज्ञ र आश्रितबाहेक सबैलाई अनैतिकरूपमा कूटनीतिक उन्मुक्ति हटाउने उसको योजनाबारे औपचारिकरूपमा बताएको म पुष्टि गर्न सक्दछु, यसको अर्थ ४१ क्यानाडाली कूटनीतिज्ञ र तिनीहरूका ४२ आश्रितमाथि कुनै मनमानी मितिमा उन्मुक्ति हटाउने खतरा थियो र यसले उनीहरूको व्यक्तिगत सुरक्षा जोखिममा पर्नेछ”, क्यानाडाली कूटनीतिज्ञहरूको प्रस्थानको पुष्टि गर्दै मन्त्री जोलीले भन्नुभयो ।

 

दुई मुलुकबीच जारी कूटनीतिक विवादका कारण ‘समानता’ को माग गर्दै भारतले क्यानाडाको भिसा सञ्चालन निलम्बनसँगै भारतमा क्यानडाली कूटनीतिज्ञहरू कटौती गर्न आह्वान गरेपछि क्यानडाली कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो ।

 

“भारतबाट उनीहरूको सुरक्षित फिर्तीका लागि हामीले सहज बनाएका छौँ, यसको अर्थ अब हाम्रा कूटनीतिज्ञ र उनीहरूका परिवारले कूटनीतिक छुटलाई परित्याग गरेका छन्, उनीहरू जहाँबाट आएका भए पनि र जहाँ पठाइए पनि कूटनीतिज्ञहरूलाई सुरक्षित राखौँ, प्रतिरक्षाले कूटनीतिज्ञहरूलाई उनीहरूको देशबाट प्रतिशोध वा गिरफ्तारीको भयबिना आफ्नो काम गर्न अनुमति दिन्छ”, मन्त्री जोलीले भन्नुभयो ।

 

“तिनीहरू कूटनीतिको मूलभूत सिद्धान्त हुन् र यो दुईतर्फी बाटो हो, प्रत्येक देशले नियमको पालना गर्दा मात्र काम गर्छ, कूटनीतिक विशेषाधिकार र उन्मुक्तिको एकतर्फी खारेज अन्तर्राष्ट्रिय कानुनविपरीत हो, यो कूटनीतिक सम्बन्धमा भियना महासन्धिको स्पष्ट उल्लङ्घन हो र यस्तो गरेर धम्की दिन अव्यावहारिक र तनावपूर्ण हो”, उहाँले भन्नुभयो, “यदि हामीले कूटनीतिक प्रतिरक्षाका मानकलाई उल्लङ्घन गर्न दियौँ भने पृथ्वीमा कुनै पनि कूटनीतिज्ञ सुरक्षित हुने छैन ।” उहाँले यसबारे क्यानाडाले ‘त्यस्तै व्यवहार’ नगर्ने बताउनुभयो ।

 

आप्रवासन, शरणार्थी र नागरिकमन्त्री मार्क मिलरसँगै मन्त्री जोलीले ‘भारतसँगको स्थिति’ माथि विकसित घटनाक्रमबारे घोषणा गर्दै कूटनीतिज्ञहरूको फिर्तीपछि क्यानाडाले दिने सेवा वितरणमा यसको कस्तो प्रभाव पर्नेछ भन्नेबारे जानकारी गराउनुभयो ।

 

“भारतको यो निर्णयले दुवै मुलुकका नागरिकलाई सेवाको स्तरमा कुनै असर पर्नेछैन, दुर्भाग्यवश हामीले चन्डीगढ, मुम्बई र बेङ्गलोरमा हाम्रा वाणिज्य दूतावासका सबै व्यक्तिगत सेवा रोक्नुपर्यो”, उहाँले भन्नुभयो, “कन्सुलर सहयोग आवश्यक पर्ने क्यानाडालीहरूले अझै पनि दिल्लीस्थित हाम्रो उच्चायोगमा जान सक्नुहुन्छ, तपाईँले अझै पनि फोन र इमेलमार्फत व्यक्तिगत सेवा लिन सक्नुहुन्छ ।” रासस/एएनआई

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्