अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक

काठमाडाैं | कात्तिक ९, २०८०

अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक

काठमाडौं:    सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ । 


मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात हजार एक सय ३२ मिटर उचाइमा रहेको हिमालको आधार शिविरमा छायाङ्कनको टोली पुर्‍याएर कलाकार एवम् निर्देशक राजु भट्टले उक्त भिडियो सुटिङ गरेका थिए । 


काठमाडौंको वसन्तपुरदेखि दार्चुलाको अपीसम्मका दृश्य समेटेर तयार पारिएको भिडियोमा धनगढीकी कलाकार बोन्दिता धामी र अपीवासीका साथमा भट्टको अभिनय छ । भिडियोले नेपालको प्राकृतिक सौन्दर्य र ग्रामीण जनजीवनलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छ । 

 


सिनेमाटोग्राफर केशव पाण्डेसमेतका मेहनतबाट तयार गरिएको भिडियोले अपी क्षेत्रलगायत समग्र नेपालको पर्यटनको क्षेत्रका लागि कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरिएको छ । 


“संसारभर नै पछिल्ल्लो समय युवाको रोजाइमा एडभेन्चर, ट्रेकिङ एवम् ट्राभलिङसम्बन्धी चलचित्र एवम् कार्यकम पर्ने गरेकामा सो म्युजिकल फिल्मले नेपालको आन्तरिक एवम् बाह्य पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ”, निर्देशक भट्टले भने । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक सो भिडियो मोबाइल एप र मोमो एपमा समेत उपलब्ध छ । भट्टको आफ्नै शब्द, सङ्गीत र मानश्वी मालाकारको एरेन्ज रहेको गीतमा उनको र ममता गुरुङको स्वर छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्