अध्यक्ष ओलीकाे निर्देशन: हरेक वडामा ५१ प्रतिशत मत आउने गरी काम गर्नुस्

पाेखरा | कात्तिक १३, २०८०

अध्यक्ष ओलीकाे निर्देशन: हरेक वडामा ५१ प्रतिशत मत आउने गरी काम गर्नुस्

पोखरा:   नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०८४ को निर्वाचनमा हरेक वडामा एमालेको ५१ प्रतिशत मत ल्याउने गरी काम गर्न नवनिर्वाचित गण्डकी प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । 


नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटिको शपथ ग्रहण कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।


उनले एमालेको सरकार निर्माण गर्न स्वच्छ र निष्पक्ष ढङ्गले चुनाव जित्न हरेक वडामा एमालेको ५१ प्रतिशत मत ल्याउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।

 

 


‘हामीले बुट कब्जा गरेर चुनाव जित्दैनौ, जनताको मन जितेर चुनाव जित्ने हो’, अध्यक्ष ओलीले भने, ‘२०८४ को चुनावमा हरेक वडामा एमालेको ५१ प्रतिशत मत आउने गरी काम गर्नुहोला ।’


उनले मिसन ०८४ मा एमालेको बहुमतसहित सरकार बनाउन कार्यकर्ता, नेताले इमान्दार भएर काम गरे सम्भव भएको उल्लेख गरे ।


‘हामी चुनाव जित्न नेता कार्यकर्ता इमान्दार हुनुपर्छ, चुनाव जित्नका लागि एकता चाहिन्छ’, उनले भने, ‘जनताको मन जित्न अनुशासित, इमान्दार र सक्रिय भएर लागे मात्र हामी सफल हुन्छौ ।’


अध्यक्ष ओलीले कम्युनिष्ट एकता नचाहेकाहरुले दुईतिहाइको सरकार ढालेर कांग्रेसको करेसाबारीमा बास मागेको समेत आरोप लगाएका छन् । 


उनले दुईतिहाइको सरकार ढालेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेकपाको दुईतिहाईको सरकार ढालेको आरोप लगाएका थिए ।
 

मुस्ताङ:  प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रप...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्...

थप पढ्नुहोस्

पोखरा:  शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...

थप पढ्नुहोस्