पोखरामा खुर्पा हानेर आफ्नै बुवाको हत्या, छोरा रविन पक्राउ
पाेखरा | कात्तिक २९, २०८०
पोखरा: पोखरामा आफ्नै बुवालाई खुर्पा प्रहार गर्ने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ बिरौटास्थि गोधुली संसार पथ बस्ने २२ वर्षीया रविन क्षेत्री रहेका छन् ।
कास्की प्रहरीका अनुसार रविनले हिजो २८ गते करिब १२ बजे ५२ बर्षीय रामु क्षेत्रीलाई खुर्पा (हतियार) प्रहार गरी फरार थिए ।
घाइते भएका राजुलाई उपचारका लागि चरक मेमोरीयल अस्पतालमा पठाइएको थियो । त्यसपछि करिब ५ बजे चिकित्सक टालीले मृत्यु घोषणा गरेको थियो ।
खुर्पा प्रहार गर्ने व्यक्ति फरार भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत तथा अन्यत्र जिल्लामा समेतबाट हुलिया, फोटोसहितको खोजतलासको लागि प्रहरी परिचालन गरेको थियो ।
त्यसैको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरि कास्की पठाएको छ ।
हाल कास्की प्रहरीको नियन्त्रण रहेका रविनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

