सन्तोषको सम्झनामा आज गण्डकी प्रदेशका सबै भलिबल प्रतियोगिता स्थगित
पाेखरा | कात्तिक ३०, २०८०

स्याङ्जा: मोटरसाइकल दुर्घटनामा मृत्यु भएका गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोषबहादुर थापाको सम्झनामा आज (बिहीबार) प्रदेशका सबै भलिबल खेलहरू स्थगित गरिएको छ ।
गण्डकी प्रदेश भलिबल सङ्घले गण्डकी प्रदेश भरिका भलिबल प्रतियोगिता सबै स्थगित गर्ने जनाएको हो ।
सङ्घका अध्यक्ष नवीन गुरुङले भलिबल क्षेत्रमै अतुलनीय क्षति पुगेको बताउदै थापाको सम्झनामा भलिबल प्रतियोगिता स्थगित गरिएको बताए ।
चापाकोट नगरपालिका २ का २२ वर्षीय सन्तोषको मङ्गलवार राति वालिङमा भलिबल खेलमा सहभागी भएर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...