सन्तोषको सम्झनामा आज गण्डकी प्रदेशका सबै भलिबल प्रतियोगिता स्थगित

पाेखरा | कात्तिक ३०, २०८०

सन्तोषको सम्झनामा आज गण्डकी प्रदेशका सबै भलिबल प्रतियोगिता स्थगित

स्याङ्जा:  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोषबहादुर थापाको सम्झनामा आज (बिहीबार) प्रदेशका सबै भलिबल खेलहरू स्थगित गरिएको छ । 

 

गण्डकी प्रदेश भलिबल सङ्घले गण्डकी प्रदेश भरिका भलिबल प्रतियोगिता सबै स्थगित गर्ने जनाएको हो ।

 

सङ्घका अध्यक्ष नवीन गुरुङले भलिबल क्षेत्रमै अतुलनीय क्षति पुगेको बताउदै थापाको सम्झनामा भलिबल प्रतियोगिता स्थगित गरिएको बताए । 

 

चापाकोट नगरपालिका २ का २२ वर्षीय सन्तोषको मङ्गलवार राति वालिङमा भलिबल खेलमा सहभागी भएर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्