सल्बलाए तस्कर, चितवन राष्ट्रिय निकुञ्जमा मारे २ गैंडा

चितवन | मंसिर १, २०८०

सल्बलाए तस्कर, चितवन राष्ट्रिय निकुञ्जमा मारे २ गैंडा

चितवन:  तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् ।

 

गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् ।

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए ।

 

तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ ।

 

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलकाे माटाे टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो याेजना बनाएर गैंडा मार्न सफल भएको बताए ।

 

सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।

पोखरा:      वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लि...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ ।  चालु आवको नीति तथा ...

थप पढ्नुहोस्

पोखरा:    कास्की कारागार ब्लक ‘ख’ को मुहार फेरिएको छ । आन्तरिक प्रशासन प्रमुख(चौकिदार)को जिम्मा पाएका नशिप गुरुङले कैदी बन्दीको निम्ति आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम तिव्र गतिमा ...

थप पढ्नुहोस्