दोस्रोपटक दान्सिंघालाई तल्लोकोलडाँडा कप वडास्तरीय भलिबलको उपाधि

पाल्पा | मंसिर ५, २०८०

दोस्रोपटक दान्सिंघालाई तल्लोकोलडाँडा कप वडास्तरीय भलिबलको उपाधि

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबद्वारा आयोजित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि जनज्योती युवा क्लब दान्सिंघाले जितेको छ ।

 

योसँगै दान्सिंघा दोस्रो पटकपनि च्याम्पियन बन्यो । दान्सिंघाले गत वर्षको प्रतियोगिता पनि जितेको थियो ।

 

‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा आइतबार भएको फाइनल खेलमा गुँगालाई २–१ को सोझोले पराजित गर्दै जनज्योती युवा क्लबले उपाधि जितेकाे हो ।

 

उपाधि जितेकाे​ जनज्योतीले शिल्ड, प्रमाणपत्रसहित नगद रु १५ हजार प्राप्त गर्याे । यस्तै द्वित्तीय बनेको गुँगा परिवारले शिल्ड, प्रमाणपत्रसहित नगद रु १० हजार हात पार्याे । 

 

यस्तै तृतीय बनेको आयोजकले ५ हजार र झाक्रिस्थानले सान्त्वना पुरस्कार प्राप्त गर्याे । 

 

कुल २२ टिमको सहभागिता रहेको प्रतियोगितामा निवर्तमान वडाध्यक्ष इश्वर रानामगर तथा पुरस्कारदाताहरु र स्थानीय अगुवाहरुले पुरस्कार वितरण गरेका थिए । 

 

समापन समारोहमा आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको खेल संयोजक ओम गाहामगरले जानकारी दिए । 

 

उनले गाउँपालिका भित्रका खेलाडीबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार स्थानीय स्तरमा सक्रिय रहेको माउण्ट एभरेष्ट क्लब खेलकुदसँगै सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि क्रियाशिल छ । 

 

क्लबका अध्यक्ष दान बहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु राना मगर ‘सजल’ ले गरेका थिए ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्