दोस्रोपटक दान्सिंघालाई तल्लोकोलडाँडा कप वडास्तरीय भलिबलको उपाधि
पाल्पा | मंसिर ५, २०८०
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबद्वारा आयोजित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि जनज्योती युवा क्लब दान्सिंघाले जितेको छ ।
योसँगै दान्सिंघा दोस्रो पटकपनि च्याम्पियन बन्यो । दान्सिंघाले गत वर्षको प्रतियोगिता पनि जितेको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा आइतबार भएको फाइनल खेलमा गुँगालाई २–१ को सोझोले पराजित गर्दै जनज्योती युवा क्लबले उपाधि जितेकाे हो ।
उपाधि जितेकाे जनज्योतीले शिल्ड, प्रमाणपत्रसहित नगद रु १५ हजार प्राप्त गर्याे । यस्तै द्वित्तीय बनेको गुँगा परिवारले शिल्ड, प्रमाणपत्रसहित नगद रु १० हजार हात पार्याे ।
यस्तै तृतीय बनेको आयोजकले ५ हजार र झाक्रिस्थानले सान्त्वना पुरस्कार प्राप्त गर्याे ।

कुल २२ टिमको सहभागिता रहेको प्रतियोगितामा निवर्तमान वडाध्यक्ष इश्वर रानामगर तथा पुरस्कारदाताहरु र स्थानीय अगुवाहरुले पुरस्कार वितरण गरेका थिए ।
समापन समारोहमा आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको खेल संयोजक ओम गाहामगरले जानकारी दिए ।
उनले गाउँपालिका भित्रका खेलाडीबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार स्थानीय स्तरमा सक्रिय रहेको माउण्ट एभरेष्ट क्लब खेलकुदसँगै सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि क्रियाशिल छ ।
क्लबका अध्यक्ष दान बहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु राना मगर ‘सजल’ ले गरेका थिए ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

