केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट कप: मदन भण्डारीले टस जितेर फिल्डिङ रोज्यो
पाेखरा | मंसिर ७, २०८०
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटमा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेश विरुद्ध फिल्डिङ गर्ने निर्णया गरेको छ ।
पोखरा रंगशालामा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेशलाई ब्याटिङको निम्तो दिएको हो ।
पोखरा रंगशालामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । आज एक खेल मात्र हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ टिम गरी १२ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, आईसिसीको नियम अनुसार सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २०/२० हजार र म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
मदन भण्डारी स्पोर्टस क्लब (रातो)को प्लेइङ: ११
(कप्तान)अमर मिश्र, अंकित बिएम, सुमित पराजुली, निर्मल थापा, निञ्चल गवाती, आरिफ खान, विजय प्रजापति, सन्तोष यादव, विप्रसन केसी, महेश बार, सन्देश थापा, सन्दिम मौरिया, सिजात आलम र रोशन गौतम ।
बागमति प्रदेशको प्लेइङ: ११
कप्तान)सन्दिप लामिछाने, शुभ कंशकार, आसुतोष गैरिया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इसान पाण्डे, सुवास खत्री, प्रतिक जिसी, रिजन ढकाल, रामनरेश गिरी र दिपेश श्रेष्ठ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

