पट्नेरीमा निशुल्क स्वास्थ्य शिविर, १ सय २० जना लिए सेवा
पाेखरा | मंसिर ११, २०८०
पोखरा: पोखरा महानगरपालिका–२९ पट्नेरीमा आवाज संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले सेवा लिएका छन् ।
समानताको लागि आवाज भन्ने मूलक नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा इएनटी अस्पतालको समन्वयमा पोखरा २९ पट्नेरीमा नाक,कान र घाँटीको निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
पोखरा इएनटी अस्पतालका नाक कान घाँटी विशेषज्ञ डा.राजेन्द्र नेपाली, मेडिकल अफिसर डा. एलिसा सुर्खेती, आवाज संस्था सचिव फार्मसिस्ट अनिल वि.क. र सदस्य ल्याव टेक्नीसियन दिपक के.सि ले निशुल्क स्वास्थ्य शिविरमा स्थानीयहरुको नाक, कान र घाँटीको परिक्षण र औषधी वितरण गरेका थिए ।
स्वास्थ्य शिविरलमो जनजागृती युवा क्लब र नमुना टोल विकास संस्थाले सहकार्य गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

