हुम्लामा बेपत्ता स्वास्थ्यकर्मी मृत अवस्थामा फेला

काठमाडाैं | मंसिर १९, २०८०

हुम्लामा बेपत्ता स्वास्थ्यकर्मी मृत अवस्थामा फेला

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ  उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला पर्नुभएको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर ज्यान गएको हुनसक्ने आफन्तको भनाइ छ ।

 

फडेरा गएको शुक्रवारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । खोज्ने क्रममा आफन्तले सोमवार दिउँसो मृतावस्थामा फेला पारेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भन्नुभयो, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन ।

 

घटनाको थप विवरण बुझ्न र  मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।’  मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्