नागढुङ्गामा दुई किलो अवैध सुनसहित तीन जना पक्राउ

काठमाडाैं | मंसिर २२, २०८०

नागढुङ्गामा दुई किलो अवैध सुनसहित तीन जना पक्राउ

काठमाण्डौ – काठमाण्डौको नागढुङ्गामा गाडीमा लुकाएर ल्याएको दुई किलो अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाण्डौ आउँदै गरेको गाडीमा सुन फेला परेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुङ्गाबाट सुन बरामद गरेको जानकारी दिएको छ ।

 

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, त्यसै ठाउँका बिरु तामाङ र सुनिल भुजेल रहेका छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:   गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

थप पढ्नुहोस्