सर्भर डाउन हुँदा चार दिनदेखि एनओसी वितरण रोकियो, हस्तलिखित दिने तयारी
काठमाडाैं | पुस २, २०८०
सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ।
विद्यार्थीहरूले समयमै एनओसी नपाएको भन्दै विरोध गरिरहेका छन्। भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकेको थिएन।
तीनरचार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने सेतोपाटीलाई बताए। ‘सर्भर बन्दै छ, सफ्टवेयर रिकभर हुँदैछ। सकेसम्म अनलाइनबाट नभए आजदेखि हस्तलिखित भए पनि एनओसी वितरण गर्छौं,’ उनले भने।
गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको थियो। डाटा भरिएर सर्भर डाउन भएको थियो। कम्प्युटरको हार्डडिक्स परिवर्तन गर्न खोज्दा पहिलेका डाटा हराउँदा ती डाटा रिकभर गर्न समय लागेको थियो।
सर्भर बनेपछि सेवा सुरू गरिने भन्दै शिक्षा मन्त्रालय अन्तर्गत उच्च शिक्षा शाखाले सूचना टाँस गरेको थियो। तर भिसा तयारी गरेका तथा भिसा लागेर गन्तव्यका लागि उड्ने तयारी गरिरहेका विद्यार्थीहरूले भने छिटो एनओसी उपलब्ध गराउन माग गरेका थिए।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

