ललितपुर एनएसएल च्याम्पियन

काठमाडाैं | पुस १४, २०८०

ललितपुर एनएसएल च्याम्पियन

काठमाडौं:    ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो सिजनको उपाधि जितेको छ । गत सिजन समेत उपविजेता रहेको धनगढी फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो ।


दशरथ रंगशालामा ललितपुरले पहिलो हाफमा गोल खाएपनि सानदार पुनरागमन गर्दै उपाधि उचालेको हो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । धनगढीका लागि ओलावाले अफिजले सुरुवाती अग्रता दिलाएका थिए । हिजाजीले अन्त्यमा सान्त्वना गोल गरे ।


ललितपुरले खेलमा आक्रामक सुरुवात गरेपनि धनगढीको पोस्टमा राम्रो आक्रमण बुन्न सकेन । धनगढीले भने काउन्टर अट्याकमा अग्रता लिन सफल भयो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुरका इमोह एजेकेलले सिधै फ्रिकिकमा गोल गर्दै खेल बराबर गरे ।


दोस्रो हाफमा ललितपुरले १५ मिनेटमा दुई गोल गर्दै ३–१ को अग्रता लियो ।


खेलको चौथो मिनेटमा धनगढीका आशिष चौधरीको क्रस ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसले सहजै समात्न सफल भए । १२औं मिनेटमा धनगढीकै अभिषेक गुरुङको प्रहार डिफ्लेक्ट भएर पोस्टको माथिबाट बाहिरियो ।


१६औं मिनेटमा ललितपुरका सनिश श्रेष्ठको उत्कृष्ट ट्याकलले अहमद हिजाजीलाई विफल पार्यो । ओमोलाजा करिमले क्लियर गर्न खोजेको बलमा चाहेजस्तो सम्पर्क बनाउन नसकेपछि हिजाजीको लागि अवसर सिर्जना भएको थियो । तर सनिशले अवस्था बुझ्दै राइटब्याक बाट आएर गरेको ट्याकलका कारण हिजाजीले प्रहार गर्न सकेनन् ।


२७औं मिनेटमा धनगढीका कमल श्रेष्ठ र आशिष चौधरीको लगातार दुई क्रस ठाउँमा जान सकेन । ३५औं मिनेटमा ललितपुरका दिनेश हेन्जनको फ्रिकिकले पनि पोस्टको दिशा लिन सकेन ।


३८औं मिनेटमा भने ओलावाले अफिजको गोलमा धनगढीले खेलमा अग्रता लियो । आशिषको लामो पासमा हिजाजीले डिफेन्स पछाडि रन बनाएर गरेको प्रहार बाल्टुसलाई लागेपछि ओलावालेले सहजै बललाई पोस्टमा हालेका थिए ।


इन्ज्युरी समयमा ललितपुरका लागि इमोहले सिधै फ्रिकिकमा गोल गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे ।


दोस्रो हाफको पहिलो मिनेटमा नै ललितपुरले राम्रो अवसर खेरा फाल्यो । करिमको थ्रु–पासमा आदित्य शाक्यले खेलेको क्रसमा अनिल महर्जनले बललाई पोस्ट भन्दा केही टाढा प्रहार गरे ।


५०औं मिनेटमा धनगढीले पुनरागमन पूरा गर्दै खेलमा अग्रता लियो । सेसेहाङ आङदेम्बेले मिडफिल्डमा आफूलाई स्पेस बनाएर खेलेको थ्रु(पासमा आदित्यले खेलेको क्रसमा दिनेशले सहजै गोल गर्दै खेलमा ललितपुरलाई अग्रता दिलाए ।


५४औं मिनेटमा धनगढीले खेलमा बराबरी गर्ने अवसर जुटाएको थियो तर हिजाजीको प्रहार बाल्टुसले सहजै समाते ।


५८औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो । अनन्तले आफ्नो हाफमा बल जितेर दिनेशको लागि पास खेले । दिनेशले राम्रो रन बनाएर खेलेको क्रस रिचार्ड अग्यमाङले क्लियर गरेपछि बल पापा केबेको मुखमा लागेर पोस्ट तर्फ नै गयो । सो अवसरमा इमोह इजिकिएलले एक्रोबेटिक प्रहार गर्दै व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गर्न सफल भए ।


६५औं मिनेटमा ललितपुरले गोल गर्ने अर्को अवसर खेरा फाल्यो । पापाका लागि वान अन वान अवसर सिर्जना भएको बेलामा उनले बल नियन्त्रणमा लिन नसकेपछि अवसर खेरा गयो । त्यसको लगत्तै दिनेशको प्रहार पोस्ट तर्फ जान सकेन ।


७९औं मिनेटमा धनगढी दश जनामा सिमित हुन पुग्यो । डिफेन्डर रिचार्डले इमोह माथि गरेको च्यालेन्ज पश्चात उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए ।


धनगढीका लागि अन्तिम समयमा अहमद हिजाजीले गोल गर्दै झिनो सम्भावना दिएका थिए । त्यसअघि अन्त्यतिर ललितपुरले बल पोसेसनमा राख्दै धनगढीलाई खेलमा फर्कने अवसर दिएको थिएन ।

पोखरा:   जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।      संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ ।  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...

थप पढ्नुहोस्