नवलपुरमा श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ
नवलपुर | माघ ८, २०८०
नवलपुर: नवलपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका–६ बिरुखर्क बस्ने ३३ वर्षीय शेरबहादुर लम्का मगर रहेका छन् ।
उनले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्कामगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
शेरबहादुरले आफ्नै श्रीमतीलाई गएराति कोदालो र खुर्पा प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपुर र प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।
सो विषयमा अहिले थप अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

