गण्डकीको भलिबल टोलीमा फर्किए घनश्याम र राजन

पाेखरा | माघ १२, २०८०

गण्डकीको भलिबल टोलीमा फर्किए घनश्याम र राजन

पोखरा:   गण्डकी प्रदेश पुरुष भलिबल टोलीका सदस्य घनश्याम चौधरी र राजन दर्लामीलाई समेट्दै तेस्रो मुख्यमन्त्री कप भलिबल खेल्न गण्डकीको टोली घोषणा गरिएको छ । 


सुदूरपश्चिम खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय स्तरको तेस्रो मुख्यमन्त्री कपमा सहभागी जनाउन गण्डकी प्रदेश भलिबल संघले हरि पाण्डेका कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो ।


घरेलु भलिबल प्रतियोगितामा गण्डकी प्रदेशबाट खेल्दै आएका घनश्याम चौधरी र राजन दर्लामी लामाचौर कप, सुर्खेतमा सम्पन्न भएको राष्ट्रिय भलिबल र पोखरामा सम्पन्न भएको टाइगर भलिबलमा टोली बाहिर थिए । 


सुदूरपश्चिम खेलकुद परिषद्ले माघ १४ देखि २० गतेसम्म आयोजना गरेको तेस्रो मुख्यमन्त्री कपमा गण्डकी प्रदेशसहित सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने जनाइएको छ । 


गण्डकीको टोली: 


गण्डकी प्रदेश भलिबलको कप्तानमा खोमप्रसाद पाण्डे (हरी, स्याङ्जा), सुजन चोखाल (म्याग्दी), विवश आले मगर (तनहुँ), इन्द्रबहादुर विक, रवि केसी, कुञ्जन शाही, जीवन सुनार, सन्तोष विक (बागलुङ),विश्वास अधिकारी, घनश्याम चौधरी, किरण गुरौं, हिमाल सुनारी, सरोज बर्देवा (नवलपुर), राजन दर्लामी (स्याङ्जा), प्रशिक्षकमा रमेश केसी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् । 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्