न्यौपानेको ‘नदेखिएको घाउ’ आत्मकथा लोकार्पण
पाेखरा | माघ १४, २०८०
पोखरा: कस्केली अधिकृत समाजका आजीवन सदस्य एवम् पोखरा महानगरपालिकाका अधिकृत दुुर्गा न्यौपानेद्वारा लिखित आत्मकथा ‘नदेखिएका घाउ’ लोकार्पण गरिएको छ ।
कस्केली अधिकृत समाजद्वारा आज पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्नुुभयो ।
कार्यक्रममा सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभै समाजमा पनि महत्वपूर्ण हुने बताउँदै आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्य हुुने बताउनुुभयो ।
न्यौपानेले आफ्ना जीवनका भोगाई र अनुुभवलाई कृतिमा समेट्ने प्रयास गरेको बताउँदै उहाँले साहित्यिक लेखनमा निरन्तरता हुने विश्वास व्यक्त गर्नुुभयो ।
कृतिका समिक्षक विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले शाहस, संघर्ष र धैर्यताका कथा ‘नदेखिएका घाउ’ मा रहेको बताउनुुभयो । जीवनका भोगाईलाई न्यौपानेले कृतिमा प्रस्तुत गर्न खाज्नुुभएको उहाँले बताउनुुभयो ।
प्रा.डा.रामनाथ ओझाले आत्मकथा लेखन आँफैंमा धेरै दुुत्साहपूर्ण लेखन भएको बताउँदै न्यौपानेले जीवनका विभिन्न पक्षलाई कृतिमा उतारेको बताउनुुभयो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुुर्गा बहादुर शाह(बाबा)ले समाजमा धेरै विधा र क्षेत्रमा कृयाशिल व्यक्तित्वहरू आवद्ध रहेको बताउनुुभयो । न्यौपानेको नदेखिएको घाउ कृति साहित्यिक क्षेत्रमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुुभयो ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेश पौडेलले गर्नुुभएको थियाृे भने स्वागत उपाध्यक्ष लोकनाथ दवाडीले गर्नुुभएको थियो ।
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी प्रकाश सायमी, मानव अधिकारका लागि महिला, एकल महिला समूहका अध्यक्ष कविता पाण्डे लगायतले कृति र साहित्यका बारेमा चर्चा गर्नुुभएको थियो ।
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

