व्यक्तिगत लगानीमा जीर्ण पाटीको संरक्षण गर्दै तनहुँका घले

तनहुँ | माघ १४, २०८०

व्यक्तिगत लगानीमा जीर्ण पाटीको संरक्षण गर्दै तनहुँका घले

तनहुँ:     तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको सङ्गमस्थल नजिकै दमौलीघाट पर्छ। घाट जाने बाटो छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा एउटा पाटी छ। जुन व्यास नगरपालिका–३ स्थित देउराली नगरमा पर्छ।


उक्त पाटी विसं २००७ मा निर्माण भएको बताइन्छ। हिजोआज सम्पदाका रूपमा रहेका पाटीपौवा र ठाँटी उचित संरक्षण अभावमा लोप हुँदै गएका छन्।। लोपोन्मुख अवस्थामा पुगेको यो पाटीको संरक्षणमा तनहुँका एक व्यक्ति आफ्नो व्यक्तिगत लगानीमा मर्मतसम्भारमा लागेका छन्।


जिल्लाको व्यास नगरपालिका–४ निवासी आइतबहादुर घले निजी खर्चमा पाटी संरक्षणमा लागेका हुन्।


इतिहास मेटिनु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ भन्ने सोचका साथ आफू यसको संरक्षणमा जुटेको घलेले बताए। सम्बन्धित वडा कार्यालय र नगरपालिकालाई पाटीको संरक्षण गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि आफूमा भित्रैदेखि इच्छा जागेर आएको उनले बताए।


‘आफूले गर्ने व्यक्तिगत र घरखर्चमा मितव्ययीता अपनाएर भए पनि पाटी संरक्षण गर्ने अठोटका साथ अघि बढेको हुँ,’ उनले  भने, ‘स्थानीय टोल विकास संस्था, व्यास नगरपालिकाबाट स्वीकृति लिएर मर्मतसम्भारको काम थालेको छु। करिब एक साताको अवधिमा जीर्ण बनेको पाटीलाई हेर्न लायकको बनाउनेछु।’ पाटीमा रहेका पुराना संरचना र कलालाई नबिगारीकन मर्मतसम्भार गरी संरक्षण गर्न लागिएको हो।।


पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने घाँसीकुवा पारिपट्टि व्यास–११ मा अहिले पनि नहर्की बस्ती छ। उक्त पाटी त्यो समयमा नहर्की समुदायले बनाएका थिए। उक्त स्थानमा रहेको पाटी जीर्ण बनेकाले भत्काएर काठ ल्याई पुनः दमौलीघाट नजिक पाटी निर्माण गरिएको बताइन्छ।  

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्