जोरपाटी र संगमलाई भेट्रान फुटबलको उपाधि

पाेखरा | माघ २७, २०८०

जोरपाटी र संगमलाई भेट्रान फुटबलको उपाधि

पोखरा:    बगर भाइ खेलकको आयोजना जारी भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् । 


पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो । 


शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो । उपाधिसँगै संगमले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो भने, बगरले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । 


यस्तै अत्यन्तै रोमाञ्चक बनेको ४० वर्षमाथि समूहको फाइनल खेलमा जोरपाटीले नागस्वेती भेट्रान हेटौंडालाई सडन डेथमा ८–७ ले हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी भएपछि सडनडेथमा ८–७ को जित निकालेको हो । सडनडेथसम्म पुग्दा कुल १०–१० पेनाल्टी प्रहार गरेका थिए । उपाधिसँगै जोरपाटीले दुई लाख रुपैयाँ हात पार्दा नागस्वेतीले एक लाख रुपैयाँ प्राप्त ग¥यो । 


नागस्वेतीका कृष्ण शाक्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसँगै नगद १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक जोरपाटीका छिरिङ लामा घोषित भए । उनी प्रतियोगिताको म्यान अफ दी म्याच समेत घोषित भए । टोलीलाई उपाधि चुमाउन फाइनलमा उनको खेल निकै प्रसशां योग्य थियो । उत्कृष्ट मिडफिल्डर जोरपाटीकै रन्जित लामा घोषित भए । 


प्रशिक्षकतर्फको समेत जोरपाटीकै पोल्टामा रह्यो । बुद्ध लामा उत्कृष्ट प्रशिक्षण घोषित भए । उत्कृष्ट फरवार्ड नागस्वेतीका निमा लामा घोषित भए । डिफेन्डरमा नागस्वेतीका सन्तोष बस्नेत उत्कृष्ट घोषित भए । विधागततर्फका सबै विजेताले ट्रफीसँगै नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गरे । 
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्