एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित
काठमाडाैं | माघ २८, २०८०
काठमाडौं: एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।
भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो।
नेपालका सीता राना मगरले अविजित ३२ र रुविना क्षेत्रीले अविजित १७ रन बनाइन । कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भइन । नेपालले ११ रन अतिरिक्त पाएको हो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । भुटानका नवाङ छोडेनले २५ रन जोडिन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रन बनाइन ।
हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो । नेपालको २ खेलमा ४ अङ्क भएको छ । पर्सि मंगलवार माल्दिभ्ससँग हुने खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । त्यस्तै फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।
पोखरा: आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् । पो...
कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...
पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

