गण्डकीमा केन्द्रको असर: माओवादीका सांसदलाई पोखरा नछाड्न सर्कुलर
पाेखरा | फागुन २२, २०८०
पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलले आफ्ना सांसदहरुलाई पोखरा नछाड्न भन्दै सर्कुलर गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेसँगै समर्थन फिर्ता लिने अवस्था हुने बताउदै प्रदेश सांसदहरुलाई पोखरामै रहन सर्कुलर गरेको हो ।
प्रमुख सचेतक कुसुम बुढामगरले दलको आकास्मिक बैठक बस्नुपर्ने अवस्था भएकाले माओवादी केन्द्रका प्रदेश सांसदहरुलाई पोखरा नछाड्ने सर्कुलेसनभइसेको बताइन् ।
‘समर्थन फिर्ता लिने विषयबारे आकस्मिक बैठक जतिबेला पनि बस्नुपर्ने हुन्छ आजै या भोलि, प्रमुख सचेतक बुढामगरले भनिन्, ‘त्यसैले हाम्रो माननीयहरुलाई पोखरा नछाड्ने भनेर अनुरोध गरिएकाेछ ।’
उनले समर्थन फिर्ता आजै या भोलि लिने भन्ने विषयमा भने टुंगो नलागेको बताइन् । ‘मुख्यमन्त्रीले आफ्नो अधिकार फिर्ता लिन पाउनु हुने भो, बर्खास्त गरेपछि समर्थन फिर्ता लिनुपर्ने हुन्छ तर त्यो आजै पनि हुन सक्छ भोलि पनि हुन सक्छ आकस्मिक बैठकपछि मात्रै टुंगो लाग्छ,’ उनले भनिन् ।
केन्द्रमा नयाँ सत्ता समिकरण बनेपछि गण्डकीमा मुख्यमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेर दुवै मन्त्रालय आफु मातहत राखिसकेका छन् ।
नयाँ गठबन्धन बनिसकेपछि केन्द्रमा हिजै हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई विना विभागीय मन्त्रीका रुपमा सपथ लिइसकेका छन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

