लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशनको तयारी पूरा

पाेखरा | चैत ९, २०८०

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशनको तयारी पूरा

पोखरा:   नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदैछ ।


प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् ।


सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको प्रथम गण्डकी प्रदेश अधिवेशन हुन लागेको उनको भनाइ थियो । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट जनजाती अन्र्तगत विभिन्न जातजातिको प्रतिनिधितित्व हुनेगरि ३ सय ७८ जना प्रतिनिधि सहभागी हुने उनले बताइन् । 


अधिवेशन सम्पन्न गर्न काउचाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसअनुसार आर्थिक समितिमा सुनिल गुरुङ, आवास तथा खाना व्यवस्थापन समितिमा जीतबहादुर गुरुङ, अथिति सत्कारमा सिता गुरुङ, शान्ति सुरक्षा र समन्वय समितिमा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरुङ र मञ्च ब्यबस्थापन समितिमा अजय गुरुङ र प्रचारप्रसार समितिमा राजबहादुर गुरुङ संयोजक रहेका छन् । 


अधिवेशनपूर्व पोखराको चिप्लेढुंगाबाट सांस्कृतिक ¥याली निकालिने संयोजक काउचाले जानकारी दिइन् । ¥याली चिप्लेढुंगा न्युरोड हुँदै सभागृहमा पुगी उदघाटन समारोहमा परिणत हुनेछ । ¥यालीमा महासंघ अन्तर्गतका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि साथै पार्टीका विभिन्न जिम्मेवार तहमा रहकाहरुको सहभागिता रहने उनले बताइन् ।


महासंघले विभिन्न जिल्ला र नगर तथा गाउँपालिकामा तदर्थ समिति गठन गरि सम्बन्धित तहमा अधिबेशन समेत सम्पन्न गरेपछि अहिले प्रदेश अधिबेशन हुन लागेको हो । अधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्